सूचनाको शक्ति - The Power Of Information

        

संसद् अधिवेशन आह्वान

प्रतिनिधि सभाको अधिवेशन आउँदो पुस २५ गतेका लागि आह्वान

सात वटा दलले राष्ट्रिय दलको मान्यता पाए

 प्रतिनिधि सभाको अधिवेशन आउँदो पुस २५ गतेका लागि बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावबाट यस वर्ष संसदमा १२ वटा राजनीतिक दल र चार जना स्वतन्त्र सांसद विजयी भएका छन् । सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १७:४६