सूचनाको शक्ति - The Power Of Information

        

रविको छलाङै छलाङ

राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् ।

त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बन्न सफल भएका थिए । त्यो पनि लामिछानेको राजनीतिक छलाङ नै थियो ।

उनले एकपछि अर्को छलाङ मार्न सफल भएका हुन् । एमाले माओवादीको नयाँ सत्ता गठबन्धनमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष लामिछानेले जब सोमबार मन्त्रिपरिषद् गठन हँुदा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी पाए तब आमसर्वसाधारण चकितजस्तै भए ।

कतिपयले त यसलाई फिल्मसँग नै तुलना गरे । रवि उपप्रधान तथा गृहमन्त्री हुँदा ३ घण्टाको फिल्मको कथा हेरेजस्तै अनुभूति गरे धेरै सर्वसाधारणले ।

उनी शितलनिवासमा गृहमन्त्रीको शपथ लिएर सिंहदरबारमा जाँदा गृह मन्त्रालयमा छुटै माहोल सिर्जना भएको थियो ।गृह प्रशासन अर्लटजस्तै देखिएको थियो ।

शपथ सकेर मन्त्रालयमा पदवहाली गरेपछि उनले गरेको पहिलो निर्णय पनि चुनौतीपूर्ण नै देखिएको छ ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ०७:३९