सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जेष्ठ सदस्य विनोद कुमार शाहले सांसदहरुलाई शपथ ग्रहण गराउनुभएको हो ।

शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको थियो । शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ गराउनुभएको हो ।

उहाँ सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर अध्यक्षता ग्रहण गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १÷१÷१ जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन् ।

जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १८:०२