सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

संघीय संसद नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकबाट बाहिर निस्कने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा नजाने तर समर्थन भने गर्ने बताएका छन् ।

उनले अहिले नै राप्रपा सरकारमा नजाने र केही समयपछि मात्रै यस विषयमा निर्णय गर्ने बताए । यसअघि हिजो आइतबार राप्रपासहित १६६ सांसदको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै प्रचण्ड नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी पनि नजाने भएको छ । जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रन्जिता श्रेष्ठले बताएकी छिन् ।

यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ । रेशम चौधरीको रिहाइको पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनले आफूले सरकारलाई समर्थन गरेको पनि उनले उल्लेख गरिन् ।

अध्यक्ष श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज साँझ ४ बजे प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम छ । सर्वदलीय बैठक सकेर प्रचण्ड राष्ट्रपति निवास शितलनिवासमा जाने तयारीमा छन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १५:०५