सूचनाको शक्ति - The Power Of Information

        

आज वर्षा र हिमपात हुने

फाइल तस्वीर

 हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

आज (सोमबार) बिहान गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा भने मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो भने मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

सोमबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०८:५६