नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ ।
पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।
दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । एमाले, माओवादी लगायतका दलको आन्तरिक बैठक पनि बस्दैछ ।
एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । यसअघि पौडेल केपी शर्मा ओलीको पछिल्लो सरकारमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रुपमा बाहिरिनुभएको थियो ।
यसपटक पनि उहाँले अर्थमन्त्री पाउने सम्भावना छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ