राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर नेताहरू राष्ट्रपतिको कार्यालय शीतल निवास पुगिसकेका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बजनाउने निर्णय गरेका थियो ।
राष्ट्रपतिले संविधानको धारा (७६) २ अनुसार एकभन्दा बढी दलको सरकार बनाउनका लागि गरेको आह्वान आजै बेलुका ५ बजे सकिँदै थियो ।
राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेताहरू शीतलनिवास पुगेका हुन् । अब राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।
सत्यपाटी संवाददाता । काठमाडौं