सूचनाको शक्ति - The Power Of Information

        

स्वदेश फर्किए बलिउड अभिनेता ओबरोय

नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् ।

१० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् ।

गत मंसिर २८ गते नेपाल आएका उनले नेपालमा राजनीतिक दलका नेतासँग भेटघाटको अलवा पशुपतिनाथको दर्शन, चन्द्रागिरी अवलोकन, पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर, अन्नपूर्ण केबलकारको अनुभव समेत लिए ।

नेपालको खानाको समेत तारिफ गरेका उनले फेरि नेपाल आउने धारणा समेत राखेका थिए ।

व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका उनले भारत फर्किनु अगाडि नेपाल बसाई एकदमै राम्रो र सुखद् भएको बताए । फेरि पनि नेपाल घुम्न आउने वाचासमेत ओबरोयले भारत फर्कनुअघि गरे ।

प्रकाशित मिति : १० पुष २०७९, आइतवार ०९:४१