सूचनाको शक्ति - The Power Of Information

        

शरीरमा भिटामिन ‘डी’को कमी भएमा देखिने पाँच संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन ‘डी’को पर्याप्ता हुन जरुरी हुन्छ । सूर्यको प्रकाश भिटामिन ‘डी’को सबैभन्दा ठूलो स्रोत हो । शरिरको प्रत्यक कोषमा भिटामिन ‘डी’ रिसेप्टर हुन्छ ।

जब शरीरको कोषमा सूर्यको प्रकाश पर्छ तब कोलस्टोरको मद्धतमा कोषले भिटामिन ‘डी’ निर्माण गर्छ । भिटामिन ‘डी’ हाड, दाँत र मसल्स स्वस्थ राख्न भिटामिट ‘डी’ चाहिन्छ । तापनि भिटामिन ‘डी’को परिपूर्ति चौर्तफी वेवास्ता गरिदै आएको छ ।

र यसैकारण विश्वभरका १० अर्बभन्दा बढी जनसङ्ख्या भिटामिन ‘डी’को कमीको शिकार भएका छन् । सूर्य बाहेकका भिटामिन ‘डी’ खानेकुरामा पनि पाइन्छ, जस्तै माछा र दुधका परिकार । यी लक्षणहरु देखिए थाहा हुन्छ कि शरिरमा भिटामिन ‘डी’को कमी भएको छ ।

१. थकाइ – थकान, भिटामिन ‘डी’ कमीको पहिलो लक्षण हो । खाना खाएपछि अनि ७–८ घण्टाको लामो निन्द्रा पश्चात पनि थकान महसुस हुन्छ भने भिटामिन ‘डी’ कमी भएको हुन सक्छ । शरिरको अस्थिपञ्जरको सहज सञ्चालन गर्न भिटामिन ‘डी’ चाहिन्छ । यसको कमी हुँदा शरीर ज्यादा थाक्छ ।

२. हाड, जोर्नी र कम्मरको दुखाइ – भिटामिन ‘डी’ले शरिरमा क्यालसियम खपत सन्तुलन गर्छ । हाड, मसल्स र दाँतको स्वास्थको लागि क्याल्सियम आवश्यक हुन्छ । यदि ढाड, कम्मर लगातार दुखिरहन्छ बने भिटामिन ‘डी’ कमीले हुन सक्छ ।

३. घाउ ढिलो निको हुने – चोट पश्चातको घाउ ढिलो निको हुने पनि भिटामिन ‘डी’को कमीले हुन सक्दछ । भिटामिन ‘डी’ले जलन नियन्त्रण गर्न र इन्फेक्सन फैलिन नदिने गर्छ । भिटामिन ‘डी’को कमी भएको व्यक्तिमा घाउ निको पार्ने प्रक्रिया सुस्त हुन्छ ।

४. कपाल झर्छ – कपाल झर्ने धेरै कारणहरु मध्येको एक कारण हो भिटामिन ‘डी’को कमी । यसले कपालको जरा मजबुत राख्छ । यसको कमी हुँदा कपालको स्वास्थ्य गिर्छ । कपाल झर्छ ।

५. मानसिक स्वास्थ्यमा प्रभाव – भिटामिन ‘डी’ले शारिरक मात्र होइन मानसिक स्वास्थ्यमा पनि उत्तिकै प्रभाव पारेको हुन्छ । यसको कमी हुँदा मुड डाउन हुन्छ । यदि डिप्रेस वा मुड डाउन भएको छ भने सूर्यको प्रकाशले ताजगी ल्याउन सक्छ ।

स्रोत : एजेन्सीहरुको सहयोगमा
प्रकाशित मिति : १० पुष २०७९, आइतवार ०८:२६