सूचनाको शक्ति - The Power Of Information

        

हेमन्त रानाको आवाजमा ‘टिकी’ सार्वजनिक

गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी ‘ सार्वजनिक गरीएको छ ।

जि.एच इन्टरटेन्मेन्टको अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा संगीत सुशान्त गौतमको रहेको छ ।

सुलभ पहारीको निर्देशनमा बनेको भिडियोमा हरी हुमागाईको छाँयाकन रहेको छ भने भिडियोलाई सम्पादन निमेश श्रेष्ठले गरेका हुन् । भिडियोमा रेश्मा घिमिरे र मनोज आर.सिको जोडि जमेको छ ।

गायक हेमन्तका थुप्रै गीतहरु चर्चामा छन् । ‘लैजा रे, सुन साइँली, तिमी छौं र पो, दुबो फुल्यो’ लगायतका गीतहरु सुपरहिट छन् ।

प्रकाशित मिति : १० पुष २०७९, आइतवार ०७:५४