सूचनाको शक्ति - The Power Of Information

        

वार्षिक २ खर्ब डलर खर्चिने

जैविक विविधता कोषमा २ खर्ब (२ सय बिलीयन डलर) परिचालन गरिने भएको छ ।

क्यानडाको माेन्ट्रिअलमा हालै सम्पन्न संयुक्त साष्ट्र संघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलनमा यस्तो निर्णय भएको हो ।

सन् २०२५ सम्ममा सार्वजनिक र निजी दुवै स्रोतबाट घरेलु र अन्तर्राष्ट्रिय जैविक विविधतासम्बन्धी कोषमा प्रतिवर्ष कम्तिमा २ खर्ब अमेरिकी डलर परिचालन हुनेछ ।

डिसेम्बर ७ मा सुरु भएर करिब २ साता चलेको सम्मेलनले जैविक विविधताको खतरनाक क्षतिलाई सम्बोधन गर्न र प्राकृतिक पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना गर्न अपनाउनुपर्ने उपायहरुबारे पनि एउटा सहमति गरेको छ ।

संयुक्त राष्ट्र संघको आयोजना, चीनको अध्यक्षता र क्यानडाको आयोजनामा भएको सम्मेलनले कुन्मिङ मोन्ट्रिअल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क (जिबिएफ) लाई २०३० सम्म हासिल गर्न ४ वटा लक्ष्य तय गरेको छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार ०७:२८