सूचनाको शक्ति - The Power Of Information

        

त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प

प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ ।

बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खराब मौसमका कारण दुई वटा विमान होल्डमा छन् । नेपाल एअरलाइन्स र एअर इण्डियाको विमान होल्डमा राखिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु हुनेछ । विमानहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ०९:०८