चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै ७ लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् ।
काठमाडौं उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिनादेखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् ।
अनुमतिपत्र माग र आपूर्तिबीच धेरै अन्तर भएकाले यस्तो अवस्था आएकयातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरू बताउँछन् ।
अहिले विभागसँग भएको ‘मास प्रिन्टर’ छपाइ क्षमता दैनिक साढे ४ हजार र माग ७ हजार हाराहारी छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ