सूचनाको शक्ति - The Power Of Information

        

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

कञ्चनपुरमा १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्।

बुधबार दोधारा चाँदनी नगरपालिकाका २७ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले मंगलबार राति नाबालिका छोरीमाथि बलात्कार गरेका हुन् ।

घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताउनु भयाे ।

बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन्।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १६:४८