सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भएको छ ।
हरिपुर नगरपालिका वडा नं ९ पिडारीटोल बस्ने अन्दाजी ५० वर्षीय राजेन्द्र चौधरी र वडा नं. ६ लक्ष्मीपुर बस्ने ८० वर्षीय राम भगत माझीको मृत्यु भएको हो ।
पुस ३ गते बिहान ८ बजे राजेन्द्रको चिसोको कारण मृत्यु भएको स्थानीयले मंगलबार मात्रै खबर गरेको प्रहरीले जनाएको छ ।
प्रहरी टोली पठाएर बुझ्दा राजेन्द्रलाई चिसोले रुखा खोकी लागि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
सत्यपाटी संवाददाता । सर्लाही