सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ ।

२ मिनेट ५६ सेकेन्डको ट्रेलरमा फिल्मका मुख्य कलाकार अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई देखाइएको छ  ।

रमेश एमके पौडेलको डेब्यू निर्देशित लभस्टोरी फिल्ममा पुष्प र साम्राज्ञीका साथै सन्दीप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय छ भने विशेष भूमिकामा बेलायतमा बस्दै आएका कलाकार ध्रुव दत्तले अभिनय गरेका छन् ।

आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

फिल्म आगामी पुष २९ गतेबाट प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार ०८:०२