सूचनाको शक्ति - The Power Of Information

        

ओछ्यानमा पनि छाडेनन् मेस्सीले ट्रफी (तस्बिरहरू)

फिफा विश्व कप फुटबल २०२२ प्रतियोगिता जितेको अर्जेन्टिनी टोली आज मङ्गलवार स्वदेश फर्किएको छ ।

टोलीलाई समर्थकले भव्य स्वागत गरेका छन् । लाखौँ नागरिक सडकमा निस्किएर विश्व विजेता अर्जेन्टिनाको टिमलाई बधाई दिएका छन् ।

सरकारले आज सार्वजनिक बिदा नै दिएको छ । विश्व कपको उपाधि जित्ने क्रममा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी नायक बने । संसारभर उनको चर्चा भइरहेको छ ।

पाँच वटा विश्व कप खेल्दा अहिले पहिलो पटक उपाधि जिताएका मेस्सीले विश्व कपको ट्रफीलाई निकै माया गरेका छन् । उपाधि जितेसँग उनले हरेक ठाउँमा ट्रफी बोकेका तस्बिर सार्वजनिक भइरहेका छन् ।

मेस्सीले ओछ्यानमा जाँदासमेत ट्रफी छाडेका छैनन् । उनले फेसबुकमा राखेको तस्बिरमा ट्रफीसँगै सुतेको अनि केही पिएको देखिएको छ । ओछ्यानमा ट्रफीसँग मेस्सी निकै मख्ख देखिएका छन् ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १८:०५