सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा संसदीय दलकाे नेतामा राजेन्द्र लिङ्देन चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन हुनुभएको छ ।

आज मङ्गलवार बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १८:०१