सूचनाको शक्ति - The Power Of Information

        

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ ।

उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको हो ।

संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन पनि दिनुभएको छ । संसदलाई अकर्मण्यताबाट बचाउनका लागि एमालेका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन् ।

मंगलबार नै बसेको राप्रपा संसदीय दलको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनलाई दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । राप्रपाबाट प्रतिनिधि सभामा ७ जना प्रत्यक्ष निर्वाचित र ७ जना समानुपातिकबाट निर्वाचित गरी १४ जना सांसद छन् ।

यसैबीच, माओवादी केन्द्रले भने शपथग्रहण पछि मात्र संसदीय दलको नेता चयन गर्ने बताएको छ ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १७:५६