कोभिड संक्रमणको बेला रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको विभिन्न अध्ययनले देखाएका छन् ।
वैदेशिक रोजगारीका सम्बन्धमा काम गर्दै आएका स्वदेशी तथा विदेशी संस्थाहरुले गरेको अध्ययनअनुसार खाडीमा प्रमुख ३ श्रम गन्तव्य साउदी अरब, कतार र यूएई एवं अर्को लोकप्रिय गन्तव्य मलेसियामा कार्यरत अधिकांश नेपाली श्रमिकले कोभिड कालमा घर फर्किदा तलब नपाएको देखिएको छ ।
यस्तै, केहीले तलब पाए पनि आधा पाएको तथा कामबाट निकालेको अध्ययनले देखाएको छ ।
प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले गरेको अध्ययनमा कतारबाट सबैभन्दा बढी श्रमिक बिनापारिश्रमिक नेपाल फर्किएको देखाएको छ ।
स्वदेश फर्केर श्रमिकले गरेको उजुरीका आधारमा सबै भन्दाबढी कतारमा २५ श्रमिकले तलबबिहीन फर्केको जनाएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौँ