सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आजको मौसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा वर्षा र हिमपात

न्यून चापीय प्रणालीको सामान्य प्रभाव

अहिलेको मौसममा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ।

दिउँसो प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि अनुमान महाशाखाले गरेको छ।

राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ।

महाशाखाका अनुसार तराईमा हुस्सु र हिमालमा हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार ०७:४६