सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा सामान्य सुधार

 निरन्तर जसो वियरिष ट्रेण्डमा रहेको शेयर बजार सोमबार नगन्य अंकले हरियो रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से करिब ४ अंकले धनात्मक रहेर १८ सय ५८ कायम भएर थामियो ।

कारोबार भने यस दिन पनि अर्ब तलै खुम्चियो । आइतबार पनि नेप्से २५ अंकले ओरालो लागेको थियो । यस दिन लघुवित्त, जलविद्युत, व्यापार र वाणिज्य बैंक समूह सामान्य अंकले रातो रहेबाहेक अन्यमा हरियाली छायो ।

जीवन बीमा र अन्य समूह दुबै २८ अंकले उकालो लागेबाहेक अरु सामान्य अंकले सकारात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५१ कम्पनीको करिब २७ लाख कित्ता शेयर ८८ करोड ६१ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसदिन १ सय २५ कम्पनीको मूल्य उकालो लाग्दा ७२ को घटेको पनि नेप्सेले जनाएको छ । यस दिन धौलागिरी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत कमाउँदा ईष्टर्न हाइड्रो, ग्लोबल आईएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले सबैभन्दा बढी ८ प्रतिशत बराबर गुमाए ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १८:२५