सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानमा सडकाे सुरूङमा आगलागी हुँदा १९ जनाको मृत्यु

अफगानिस्तानको सडकाे सुरुङभित्र इन्धन बोकेको ट्यांकर पल्टिएपछि आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ ।

साेही घटनामा ३२ जना घाइते भएका हुन् । राजधानी काबुलको उत्तरी प्रान्त जोड्ने सुरुङमा इन्धन बोकेको ट्यांकर पल्टेर दुर्घटना भएपछि आगलागी भएको हो । आगलागीबाट थुप्रै सवारी साधन जलेर नष्ट भएका छन् ।

घाइतेहरुको अवस्था भने गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सुरुङ ३४ सय मिटरको उचाइमा रहेको छ । सोही सुरुङमा सन् १९८२ मा पनि आगलागी हुँदा ४ सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ०८:१९