सूचनाको शक्ति - The Power Of Information

        

एमाले शान्त: सरकार निर्माणको दौडधुपमा गठबन्धन

नयाँ सरकार निर्माणका लागि वर्तमान सत्ता गठबन्धनमा दौडधुप शुरू भएको छ । सत्ता साझेदार दलभित्र प्रधानमन्त्रीको विषयमा निर्णय नभए पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीको दाबी गर्दै दौडधुप बढाएका हुन् ।

सत्ता गठबनधनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

गठबन्धनकै सरकार बनाउने र पहिलोपटक आफू प्रधानमन्त्री हुने दौडमा लागेका दाहाललाई देउवाले कांग्रेस संसदीय दलको निर्वाचनपछि मात्रै यस विषयमा सल्लाह गर्ने भन्दै टार्नुभएको छ ।

कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । देउवा आफैं प्रधानमन्त्री हुने लाइनमा बसेकाले प्रचण्डलाई पर्खन लगाएको उहाँ निकटका एक केन्द्रीय सदस्यले नेपाल समाचारपत्रलाई बताए ।

उनले भने– ‘सभापति आफैं प्रधानमन्त्रीको लाइनमा हुनुहुन्छ । यो अवस्थामा प्रचण्डलाई हुँदैन भन्यो भने भड्किएर एमालेसँग मिल्न जाने हुन् की भन्ने डर पनि छ ।

त्यसैले पार्टी संसदीय दलको नेता छनोटपछि सल्लाह गरौंला भनेर भन्नुभएको हो ।’ दलको नेता बन्न कांग्रेसभित्र लडाइँ शुरू भएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ०८:०७