सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा चिसोका कारण ९ हजार जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण ९ हजार जना मानिसको मृत्यु भएको छ ।

१ करोड ५० लाख जना मानिस बिरामी परेको तथ्यांक सार्वजनिक भएको हाे ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा १ करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र ९ हजारको मृत्यु भएको खुलासा गरिएको छ ।

चिसो मौसम सुरु भए यताको एक सातामा फ्लुका कारण २३ हजार बढी मानिस अस्पताल भर्ना हुने गरेका छन् । यसैबीच अमेरिकी सरकारले चिसोबाट बच्न सर्वसाधारणलाई अपील जारी गरेको छ ।

अनावश्यक रूपमा घर बाहिर नकिस्कन आग्रह गर्दै उनीहरुलाई सचेतना अपाउन पनि भनिएको छ । अमेरिकामा हरेक हिउँदमा हजारौं मानिस रूघाखोकीको शिकार हुने गरेका छन् ।

प्रकाशित मिति : ३ पुष २०७९, आइतवार ०९:०५