सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्ने भएको छ ।

बैठक आज दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो ।

बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ ।

कांग्रेसमा संसदीय दलको नेता बन्नका लागि आधा दर्जन नेताहरुले ईच्छा देखाएका छन् । दलको नेता नै प्रधानमन्त्री बन्ने भएकाले संसदीय दलको निर्वाचन पेचिलो हुने देखिएको छ ।

प्रकाशित मिति : ३ पुष २०७९, आइतवार ०७:५५