सूचनाको शक्ति - The Power Of Information

        

१३ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा सूचीकृत गरेको छ ।

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ बमोजिम मंसिर २९ गते सार्वजनिक सूचना प्रकाशित गरेर १३ निर्माण कम्पनीलाई १ देखि ३ वर्षको लागि कुनै पनि निर्माण गतिविधिमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ ।

३ वर्षको लागि याक्थुम्हाङ निर्माण सेवा, बीपी कन्स्ट्रक्सन लहान र स्टार अफिस इन्टरनेशनललाई कालोेसूचीमा राखेको छ ।

साथै १ वर्षको लागि अग्रिम निर्माण सेवा, पीपी निर्माण सेवा, देव कन्स्ट्रक्सन धनुषा, जन कन्स्ट्रक्सन भरतपुर, जय निर्माण सेवा कपिलवस्तु कालोसूचीमा परेका छन् ।

खरिद कार्यालयले मुलुकभरबाट सिफारिस भएर आएका निर्माण कम्पनीहरूलाई कालोसूचीमा सूचीकृत गरेको छ ।

प्रकाशित मिति : ३ पुष २०७९, आइतवार ०७:२२