सूचनाको शक्ति - The Power Of Information

        

देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शनिबार पहिलोपटक कांग्रेसबाट निर्वाचित सबै सांसदको भेला बोलाउनु भएको छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भेलामा नवनिर्वाचित सांसदलाई बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल हुने सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो ।

यसैबीच, कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने भएको छ  । पुस ३ गते समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ  ।

कांग्रेस संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको गृहकार्यमा जुट्ने दलहरूको तयारी छ  । संसदीय दलको नेतृत्व लिन कांग्रेसमा आकांक्षीको दौडधुप छ  ।

कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सांसद निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १०:०३