सूचनाको शक्ति - The Power Of Information

        

रुसी हमलापछि युक्रेनको दोस्रो शहर खार्किभ अन्धकार

रुसी हमलापछि युक्रेनको दोस्रो सहर खार्किभ विद्युतविहीन भएको छ ।

रुसले पछिल्लो समय युक्रेनको उर्जा केन्द्रहरूलाई लक्षित गरी आक्रमण जारी राख्दै आएको छ । यसैक्रमको पछिल्लो मिसाइनल आक्रमणसँगै खार्किभ घन्टौंसम्म विद्युतविहीन भएको थियो ।

स्थानीय अधिकारीहरूका अनुसार रुसी सेनाले शुक्रबार ७६ वटा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा नौवटा विद्युत केन्द्रमा क्षति पुगेको छ । आक्रमणले शहरमा ठूलो क्षति पुगेको खार्किभका मेयरले बताएका छन् ।

विद्युत नहुँदा बासिन्दा खानेपानीबाट समेत बञ्चित हुन पुगेको बताइएको छ । साँझसम्म करिब ५५ प्रतिशत घरमा विद्युत आपूर्ति सुचालु भएको जनाइएको छ । ठूलो क्षति भएका कारण पूरै स्थानमा विद्युत सुचालु गर्न अझै धेरै समय लाग्ने बताइएको छ ।

पछिल्लो आक्रमणका कारण आधा भन्दा बढी ऊर्जा प्रणाली ध्वस्त भएका कारण पुनः आपूर्तिका लागि अस्पताल, खानेपानी, हिटिङ, ढल प्रशोधन केन्द्र लगायत अत्यावश्यक पूर्वाधारलाई प्राथमिकता दिइने त्यहाँस्थित निकायले जनाएको छ ।

रक्षा मन्त्रालयका सल्लाहकार युरी स्याकले आपतकालीन सेवाहरूले विद्युत आपूर्ति सुचालुका लागि काम गरिरहे पनि अवस्था “अझै गाह्रो“ रहेको बताएकी छिन् ।

रुसको बारम्बारको आक्रमणले मर्मत जटिल भैरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार ०९:०५