सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘जेरी २’ को ‘टाइटल फन्ट डिजाइन’ प्रतिस्पर्धा गरिने

अनमोल केसी र पूर्णिका सिंजापतिको अभिनय रहने फिल्म ‘जेरी’को दोस्रो श्रृंखलाले ‘टाइटल फन्ट डिजाइन’ प्रतिस्पर्धा आह्वान गरेको छ ।

अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मले विज्ञप्ति जारी गर्दै पुस १० गतेभित्र टाइटल फन्ट पठाउन आग्रह गरेको छ । नक्कल नभएको सिर्जना पठाउनुपर्ने सर्त राखिएको छ ।

जुरीको मूल्यांकनको आधारमा विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । उक्त डिजाइनलाई फिल्ममा समावेश गर्ने जनाइएको छ ।

हेमराज बिसीले निर्देशन गर्ने फिल्म छायांकनको तयारीमा छ । अनमोल र पूर्णिका मात्र अनुबन्धित छन् । बाँकी एक अभिनेत्रीलाई लिने तयारी भइरहे पनि निश्चित भइनसकेको निर्माता सरोज न्यौपानेले बताए ।

पूर्णिकाले ‘जेरी २’बाट अभिनय करिअर सुरु गर्न लागेकी हन् । अनमोल र हेमराजले दोस्रो श्रृंखलामा सहकार्य गर्न लागेका हुन् ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १६:५६