सूचनाको शक्ति - The Power Of Information

        

विक्कीसँग श्रद्धाले गरिन् इन्गेजमेन्ट

 टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चर्चित विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईले इन्गेजमेन्ट गरेका छन् ।

इन्गेजमेन्ट समारोहमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक विशाल भण्डारी लगायत निकट आफन्त र साथीहरूको उपस्थित रहेको थियो ।

केही वर्षदेखि प्रेममा रहेका दुवैले बिहीबार काठमाडौंमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन् । ‘कमेडी च्याम्पियन’ बाट प्रेममा परेको यो जोडीले हालै कमेडी सो ‘मा कसम यहाँ दुख्छ’ मा पनि सहकार्य गरेका थिए ।

यो जोडीले विवाह मिति भने अहिले सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ०९:१३