सूचनाको शक्ति - The Power Of Information

        

एमाले–माओवादी मिल्ला ?

आगामी सरकार गठनबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच छलफल सुरू भएको छ ।

बाम एकता र कम्युनिष्ट नेतृत्वको सरकार गठनबारे दुवै दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिनिधि सभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको एक/एक सिट छ ।

सबै कम्युनिष्ट पार्टीको कुल १ सय २२ सिट हुन्छ । सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ । कम्युनिष्ट पार्टी नेतृत्वमा सरकार गठनका लागि २६ सिट अपुग छ ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ०७:५८