सूचनाको शक्ति - The Power Of Information

        

अण्डा खाइसकेपछि खानै हुँदैन यी पाँच खानेकुरा

अण्डा प्रोटिनको राम्रो स्रोत हो । चिकित्सकहरूले धेरै विरामीलाई अण्डा खान सुझाव दिइरहेका हुन्छ । प्रायको भान्सामा अण्डा हुन्छ । प्रायले खाजा खाँदा अण्डालाई छुटाउँदैनन् ।

अझ जिम तथा व्यायाम गर्नेले त दिनमै ठूलो परिमाणमा अण्डा खान्छन् । तर, अण्डासँग के खान हुँदैन भन्नेबारे धेरैलाई जानकारी हुँदैन । आज हामी अण्डासँग वा अण्डा खाइसकेपछि के खान हुँदैन भन्नेबारे जानकारी दिँदैछौँ ।

१. चिनी – अण्डासँग चिनी कहिल्यै पनि खानु हुँदैन । यी दुई खानेकुरा सँगै खानुभयो भने एमिनो एसिड बन्छ । जुन शरीरको लागि विष सावित हुन सक्छ ।

२. चिया – प्रायले चिया अण्डा सँगै खाने गरेको पाइन्छ । तर, चिकित्सकहरू अण्डा र चियालाई सँगै नखान सुझाव दिन्छन् । यसले कब्जियत गराउन सक्छ । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनले चिया र अण्डा सँगै खाँदा १७ प्रतिशत प्रोटिन घट्ने देखाएको छ ।

३. माछा – माछा र अण्डा पनि सँगै खान हुँदैन । यसले तपाईंलाई एलर्जी हुन सक्छ ।

४. पनीर – माछाजस्तै अण्डासँग पनीर खान हुँदैन । यसले पनि एलर्जी गराउँछ । यी दुई खानेकुरा सँगै खाँदा शरीरमा अरू रोगहरू लाग्ने सम्भावना हुन्छ ।

५. केरा – अण्डा खाएलगत्तै केरा खाने खाने बानी छ भने आजै छोड्नुहोस् । विशेषगरी जिम जानेहरूले अण्डा र केरा सँगै खाने गरेको पाइन्छ । जुन स्वास्थ्यका लागि घातक छ ।

स्रोत : टाइम्स अफ इन्डिया र हेल्थलाइन
प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ०७:२०