सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित

नेपालगन्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित हुन थालेको छ ।

बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो ।

दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको राँझा विमानस्थलले जानकारी दिएको छ ।

राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि १६०० मिटर भिजिविलिटी आवश्यक पर्दछ । राँझा विमानस्थलका अनुसार मध्यान्हसम्म भिजिविलिटी ८०० मिटर मात्रै थियो ।

बुधवारदेखि बाक्लो हुस्सु लाग्न शुरु भएपछि हवाई उडान अनियमित हुन थालेको हो । बुधवार विहान सवा ११ बजेपछि मात्र विमानस्थल खुलेको थियो ।

बिहीबार भने दिउँसो १ बजेतिर विमानस्थल खुलेको थियो । नेपालगञ्जको न्यूनतम तापक्रम अहिले १४ डिग्री सेल्सियस छ । तापक्रम घटेसंगै दुई दिन यता चिसो बढेको छ ।

जसका कारण गरिखाने वर्ग समुदाय बढी समस्यामा परेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १७:१५