सूचनाको शक्ति - The Power Of Information

        

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा राईलाई सम्मान

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा नेपालगञ्ज उपमहानगरपालिका उपमेयर कमरुद्दिन राईलाई बधाई तथा सम्मान गरिएको छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिको बैठकमा सदस्यको रुपमा उपस्थिति मेयरको कार्यकाल सफलताको शुभकामनासहित बधाई तथा सम्मान गरिएको हो ।

बाँके आयुर्वेद स्वस्थ्य केन्द्रका प्रमुख डा. अनिलकुमार चौधरी र बाँके आयुर्वेद स्वस्थ्य केन्द्र अस्पताल विकास समितका अध्यक्ष जनकराम भण्डारी, अस्पताल विकास समितिका सदस्य अछरी पोखरेलले संयुक्तरुपमा अविर र खादा ओढाएर सम्मान गर्नुका साथै कार्यकाल सफलताको शुभकाना दिएका थिए ।

सम्मान कार्यक्रममा का.बा.मेयर कमरुद्दिन राइले आफु सामाजिक काम र विकासका काममा अग्रसरताका साथ काम गर्ने प्रतिवद्धता जाहेर गरे ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिको भवन निर्माणमा ढिलाइ हुन गएकोमा सोको जानकारी माग गरी शहरी विकस तथा भवन निर्माण कार्यालयलाई पत्राचार गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १७:११