सूचनाको शक्ति - The Power Of Information

        

प्रत्यक्षभन्दा समानुपातिकमा बदर मत धेरै

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

बुधबार केन्द्रीय कार्यालय, कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिनिधि सभामा २ सय ७५ तथा प्रदेश सभामा सातै प्रदेशमा गरी ५ सय ५० सदस्य निर्वाचित भएको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ ५ दशमलव ६ र समानुपातिकमा ५ दशमलव ९ मत बदर भएको छ ।

त्यस्तै, प्रदेशमा प्रत्यक्षमा ४ दशमलव ७ र समानुपातिकमा ६ दशमलव ५५ मत बदर भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ०७:३४