सूचनाको शक्ति - The Power Of Information

        

विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड

विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ६३ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजारभन्दा धेरै जना सङ्क्रमण मुक्त भएका छन् ।

योसँगै विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड ६ हजारभन्दा धेरै भएको छ । सन् २०१९ को अन्तिममा चीनमा पहिलोपटक देखिएको कोरोना हाल विश्वका दुई सय २ देशमा फैलिसकेको छ ।

अहिलेसम्म विश्वभर ६५ करोड ५३ लाखमा सङ्क्रमण पुष्टि भइसकेको छ भने ६६ लाख ६३ हजारको मृत्यु भएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १० करोड मानिसमा सङ्क्रमण देखिएको छ । जसमध्ये ९ करोड ८६ लाख निको भएका छन् ।

अमेरिकामा मात्र ११ लाखको मृत्यु भएको छ । त्यसपछि भारतमा चार करोड ४६ लाखमा सङ्क्रमण पुष्टि हुँदा ४ करोड ४१ लाख निको भएका छन् । ५ लाख ३० हजार सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ०७:२६