सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

प्रतिनिधिसभा तथा प्रदेशसभाका यस्ता छन् समानुपातिक सांसद (सूचीसहित)

थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा आयोगले निर्वाचित भएको घोषणा गरेको हो ।

निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले सिफारिस गरेको उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेको छ । आयोगले प्रतिनिधिसभाको ११० सिटका साथै सात वटै प्रदेशका सबै प्रदेशसभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरेको हो ।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था रहेको छ ।

जसअनुसार मंसिर ४ को निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको निर्वाचन आयोगले बुधबार मतपरिणाम सार्वजनिक गर्दै जानकारी दिएको छ ।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा थ्रेस होल्डसम्बन्धी व्यवस्था भएअनुसार ७ दलको प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व रहेको हो ।

सोही आधारमा आयोगले प्रतिनिधिसभामा समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ । थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा आयोगले निर्वाचित भएको घोषणा गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभामा एमालेका सबैभन्दा धेरै ३४ समानुपातिक सांसद छन् ।

यस्तै कांग्रेसले ३२ सिट भाग पाउँदा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्रतिनिधिसभामा समानुपातिकबाट प्रातिनिधित्व पाएको आयोगले जनाएको छ । यस्तै जसपा र जनमत पार्टीले ५–५ सिटसहित समानुपातिकमा प्रतिनिधित्व गरेका छन् । अन्य पार्टीले भने थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिकमा समेटिन सकेनन् ।

प्रतिनिधिसभामा समानुपातिकमा निर्वाचित सांसदहरुको सूची :

यस्तै प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

जसअनुसार प्रदेश नं. १ मा ६, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको आयोगले जनाएको छ ।

प्रदेशसभातर्फका समानुपातिक सांसदको सूची हेर्न तलको लिंक क्लिक गर्नुहोस् :

१. समानुपातिक निर्वाचन प्रणाली तर्फको प्रदेश नं. १ प्रदेशसभामा निर्वाचित सदस्यहरुको विवरण
२. समानुपातिक निर्वाचन प्रणाली तर्फको मधेश प्रदेशसभामा निर्वाचित सदस्यहरुको विवरण
३. समानुपातिक निर्वाचन प्रणाली तर्फको बागमती प्रदेशसभामा निर्वाचित सदस्यहरुको विवरण
४. समानुपातिक निर्वाचन प्रणाली तर्फको गण्डकी प्रदेशसभामा निर्वाचित सदस्यहरुको विवरण
५. समानुपातिक निर्वाचन प्रणाली तर्फको लुम्बिनी प्रदेशसभामा निर्वाचित सदस्यहरुको विवरण
६. समानुपातिक निर्वाचन प्रणाली तर्फको कर्णाली प्रदेशसभामा निर्वाचित सदस्यहरुको विवरण
७. समानुपातिक निर्वाचन प्रणाली तर्फको सुदुरपश्चिम प्रदेशसभामा निर्वाचित सदस्यहरुको विवरण

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ०७:२२