२०७९ मंसिर २९ गते, बिहीवार, १५ डिसेम्बर २०२२ । पौष कृष्णपक्ष सप्तमी तिथि । पूर्वफाल्गुनी नक्षत्र । चन्द्रराशि– सिंह ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर पाइनेछ तर कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । व्यवहारमा अलमलिनुपरे पनि लगनशीलताले सफलता दिलाउनेछ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला । बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान् । निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । गोपनीयतामा विशेष सजग रहनुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । स्रोत–साधन जुट्नाले उद्योग र व्यापारमा फाइदा हुनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुने समय छ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन पनि सफल भइनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ । मानसम्मानमा बाधा पुग्नेछ । अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । आलोचकहरूले व्यर्थैमा दुःख दिनेछन् । विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ । अध्ययनमा प्रगति हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आगन्तुकले अलमल्याउनेछन् । अध्ययनका विषयमा अलमल हुन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । पहिलेका सम्झौता तोडिन सक्छन् । अरूको भरपर्दा काममा पछि परिनेछ । मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । नाम, दाम र इनाम कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । दौडधुप गर्दा पनि परिस्थितिवश काम अधुरो रहला । गोप्य सूचना बाहिरिन सक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । तर, प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च गर्नुपर्ला । परिवेश उल्लासमय रहे पनि बाध्यताले समस्या निम्त्याउन सक्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाउँदै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । दिगो काम थालनी हुनेछ । पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं