सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी बुधबारदेखि औपचारिक कार्यान्वयनमा आउँदैछ । दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उद्घाटन एवं झण्डत्तोलन गर्ने कार्यक्रम छ ।

औपचारिक समारोहमा प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम छ । स्थायी राजधानीको औपचारिक सुरुवात भएको खुशीयालीमा स्थानीयले आज कलासंस्कृति झल्किने झाँकी प्रदर्शन गर्ने तयारी छ ।

राजधानी रहेको राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मूल समिति सहित विभिन्न उपसमिति गठन गरेर भव्य स्वातगको तयारी छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १०:४३