पतारासी गाउँपालिकाका ६५ वर्षीय मयालाल बोहोरा स्थानीय जवाखोला माथिको काठको फल्याक (लाप्को) मा गाडी गुड्दा सधैं झस्किन्छन् । ‘गाडी वारपार गर्दा पुल नै हल्लिन्छ, कतिखेर पुल भाँचिने हो भन्ने त्रासले मन पिरोलेको वर्षौं बितिसक्यो,’ उनले भने
भगवानलाई पुकार्नुपरेको उनको गुनासो छ । जनप्रतिनिधि, मन्त्री र लोकल गाडीहरू पुल वारपार गर्छन् । कतिबेला पुल भाँचिएर ठूलो दुर्घटना हुने हो भन्ने चिन्ताले पिरोल्ने गरेको बोहोराको भनाइ छ । जुम्ला–डोल्पा सडकअन्तर्गतको पातारासी–४ मा अवस्थित लुम खोलामा बनाइएको काठको लाप्को बर्सेनि बाढीले बगाउने गरेको स्थानीय बताउँछन् ।
वर्षा सिजनमा खोला तर्न नसकेर छिमेकी गाउँमा समेत आवतजावत गर्न बन्द हुने गरेको उनिहरुको अनुभव छ । तत्कालीन जिल्ला विकास समितिबाट ३५ लाख रुपैयाँमा ७ वर्षअघि पहिलो पटक खोलामा काठको लाप्को बनाइएको थियो । त्यो लाप्को वर्षदिन पनि त्यहाँका स्थानीयले सुख मनले आवतजावत गर्न पाएनन् ।
त्यसयता हरेक वर्ष खोलामा आएको बाढीले पुल बगाएर लिने गरेको देखिन्छ । वर्षा सकिएपछि स्थानीयले श्रमदानमा फेरि अस्थायी पुल बनाउने गरेका छन् । यो वर्ष भने नेपाली सेनाको श्रमदानमा लाप्को बनाइएको छ । जसमा अहिले दैनिक झन्डै दुई दर्जन साना गाडी र ट्याक्टरहरू गुडिरहेका छन् ।
सडक बने पनि पुल नबन्दा आफूहरूले वर्षौंदेखि जोखिममा यात्रा गर्नुपरेको स्थानीय सुकबहादुर बोहोराले बताए । बोहोराका अनुसार पुलदेखि धारा–पधेंरा बनाउने भन्दै कैयौं नेता जिताएर पठाउँछौ,तर अहिलेसम्म कसैले पनि यहाँ पुल बनाउन तिर ध्यान गएन,गत असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षाले लाप्को बगाएको थियो ।
झन्डै एक महिना पातारासी बासीले सदरमुकाममा आउन सकेनन् । स्थानीयले आफुले उत्पादन गरेको आलु, काउली,धनिया,गाजर लगायतका दैनिकी उपयोग गर्ने फलफूल बजारसम्म ल्याउन नपाएको दुखेसो पोखे । अहिले सेनाले लाप्को बनाएपछि सहज भएको स्थानीय अम्बिका बोहोराले बताइन् ।
सडक बनेको दशक भयो, अझैं कालोपत्रे हुन सकेको छैन, उनले भनिन् अहिलेसम्म न डोल्पा सदरमुकामसम्म सडक जोडिएको छ न स्तरोन्नति भएको छ । अझै खनिसकेको खण्डमा पनि सडक पहिरोले भासिएर झन्झन् जीर्ण बनिरहेको उनको भनाइ छ । पातारासी–४ का कालीबहादुर बुढा पुरानो पुस्ताका नेताले विकास गर्न नसकेको बताए ।
पञ्चायत, बहुदल र संसदीय व्यवस्था हुँदै गणतन्त्रको अनुभव भयो । विकासको महसुस अझै पातारासीमा नभएको उनको टिप्पणी छ । उनले भने, अहिले त सडक पनि जताततै भासिन थालेको छ । पुल पनि नहुँदा गाडीको यात्रा गर्न डर लाग्ने उनी बताउँछन् । उनका अनुसार यो सडक सदरमुकाम खलंगादेखि उर्थु हुँदै डोल्पा जोड्ने भनेर खनिएको हो । अहिलेसम्म करिब २५ किलोमिटर सडक निर्माणको काम मात्र सकिएको छ ।
सत्यपाटी संवाददाता । जुम्ला