सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम प्रदेशमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान

 प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिनुपर्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार ०८:१०