सूचनाको शक्ति - The Power Of Information

        

अध्यादेशका कारण घेराबन्दीमा देउवा सरकार

 नेपाली कांग्रेस नेतृत्वकाे कर्तमान सरकार आफैं पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ ।

व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका रेशम चौधरी लगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टीभित्रबाटै घेराबन्दीमा परेको हो । निर्वाचन लगत्तै सरकारले ल्याउन लागेको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेश भइसकेको छ ।

प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुका साथै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समेत राष्ट्रपतिसमक्ष पेश भइसकेको उक्त अध्यादेश फिर्ता हुनुपर्ने अडान लिएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार ०७:४६