कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्राविधि र अप्राविधिकतर्फ आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।
आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक–प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ ।
योग्यता पुगेका उमेदवारहरूले पुस १८ गतेसम्म दरखास्त दिन सक्नेछन् । तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।
प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको प्राथामिकता क्रम अनुसार नियुक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालय वा अन्तर्गतका निकाय र स्थानीय तहमा सिफारिस गरिने आयोगले स्पष्ट पारेको छ ।

सत्यपाटी संवाददाता । सुर्खेत