सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश समानुपातिकमा ‘क्लस्टर’ मिलाउन दल असफल

 प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फको सिटमा राजनीतिक दलहरूले बुझाएको सूची निर्वाचन आयोगले स्वीकार गरे पनि प्रदेश सभातर्फको सूची नमिलेपछि हेरफेरका लागि पत्राचार गरेको छ ।

दलहरूले यसअघि नै पठाएको बन्दसूचीको नामावली तलमाथि गरेपछि आयोगले त्यसलाई अस्वीकार गरेको हो ।

दुई महिनाअघि समानुपातिक उम्मेदवारको सूची पठाएका राजनीतिक दलले समावेशिताका आधारमा हुने ‘क्लस्टर’ मिलाउन नसक्दा हेरफेर गर्नुपर्ने अवस्था आएको हो ।

दलहरूले २०७९ असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए । आयोगमा बुझाइएको बन्दसूचीभन्दा तलमाथि पारेर नामावली पठाइएपछि सच्याउन भनिएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार ०७:३९