सूचनाको शक्ति - The Power Of Information

        

कात्तिकमा साढे तीन अर्बको वैदेशिक लगानी प्रतिबद्धता

स्वदेशी लगानीकर्ताले मुलुकमा व्यवसाय गर्ने वातावरण नभएको र थप लगानी गर्न नसक्ने बताइरहेको बेला गत महिना वैदेशिक लगानी प्रतिबद्धता आश्चर्यजनक रुपमा बढेको छ ।

उद्योग विभागका अनुसार कात्तिकमा २४ विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । यी उद्योगमा लगानी प्रतिबद्धता ३ अर्ब ६५ करोड रुपैयाँबराबर आएको छ ।

असोजसम्म मन्दी रहेको वैदेशिक लगानीमा कात्तिकको तथ्यांकले आशा जगाएको छ ।

विभागका अनुसार कात्तिकमा ठूला उद्योग १, मझौला १० र साना उद्योगको दर्ता संख्या १९ छ । कुल दर्ता भएका उद्योगमध्ये आधा पर्यटनमूलक उद्योग छन् । पर्यटनमूलक १२, सेवामूलक १० तथा पूर्वाधार र सूचना प्रविधि मूलक उद्योग एक/एक वटा दर्ता भएको विभागले जनाएको छ ।

कुल दर्ता भएका उद्योगमध्ये आधा पर्यटकमुलक उद्योग छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार ०७:३७