सूचनाको शक्ति - The Power Of Information

        

 निर्वाचन आयोग

भोलिदेखि निर्वाचन आचारसंहिता हट्ने, सरकारलाई काम गर्न बाटाे खुल्याे

 निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि नरहने निर्णय गरेकाे हाे ।

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

जसकारण अब सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतकाे काम गर्न बाटाे खुलेकाे छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतवार १७:५७