कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोसँग पराजित भएसँगै पोर्चुगल बाहिरीएको छ ।
अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोसँग १ – ० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरीएको हो ।
जितसँगै मोरक्को पहिलो पटक सेमिफाइनमा प्रवेश गरेको छ । मोरक्कोका लागि खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गरेको गोल नै निर्णायक भयो ।
अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।खेल अवधिभर निरन्तर आक्रमण गरिरहेको पोर्चुगलले गोल भने गर्न सकेन ।
सत्यपाटी संवाददाता । काठमाडौँ