सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो १३ जना समानुपातिक सांसद (नामसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाका लागि १३ जना समानुपातिक सांसद चयन गरेको छ ।

पार्टी प्रवक्ता मुकुल ढकालले विभिन्न कलस्टरमा १३ जना समानुपातिक सांसद चयन गरिएकाे बताउनु भयाे ।

उहाँका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनिता कठायत चयन हुनु भएकाे छ ।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट हुनु भएकाे छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १६:३३