नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ कायम भएको छ ।
हिजो प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६०० ले बढेर प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं